Logo

प्रमुख समाचार

राज्य निर्माण र समाजवादको खाका नीति कार्यक्रमले कोर्न सकेन : विद्या भट्टराई



काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराइले प्रमुख प्रतिपक्षको भावनालाई पनि कदर गर्दा लोकतन्त्र मर्म मर्न नपाउने बताएकी छन् । सोमबार प्रतनिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदैन उनले भनिन्, ‘लोकतन्त्रको प्रमुख प्रतिपक्षको भावनालाई समेटेर त्यसैअनुसार नीति तथा कार्यक्रम पुर्नलेखन गरिए लोकतन्त्रको मर्म मर्ने थिएन ।’

सांसद भट्टराईले राज्य निर्माण र समाजवादको खाका नीति कार्यक्रमले प्रस्तुत गर्न नसकेको बताइन् । ‘गठबन्धन सरकामा छौं । यसको बाध्यता छ । यसको सैद्धान्तिक आधार खास केही छैन’, उनले भनिन्, ‘त्यो नहुँदा राज्य निर्माणको र समाजवादको खाका नीति कार्यक्रमले प्रस्तुत गर्न कसकेको छैन ।’

नीति कार्यक्रममा साना व्यवसायीलाई राहत पुग्ने कुनै कार्यक्रम नरहेको पनि उनले बताइन् । ‘खासगरी कोभिडपछि साना व्यवसायीहरु आज पनि संकटमा छन् । तर उनीहलाई राहतका लागि कुनै प्याकजे ल्याइएको छैन’, सांसद भट्टराईले भनिन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १७:१३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।