काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराइले प्रमुख प्रतिपक्षको भावनालाई पनि कदर गर्दा लोकतन्त्र मर्म मर्न नपाउने बताएकी छन् । सोमबार प्रतनिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदैन उनले भनिन्, ‘लोकतन्त्रको प्रमुख प्रतिपक्षको भावनालाई समेटेर त्यसैअनुसार नीति तथा कार्यक्रम पुर्नलेखन गरिए लोकतन्त्रको मर्म मर्ने थिएन ।’
सांसद भट्टराईले राज्य निर्माण र समाजवादको खाका नीति कार्यक्रमले प्रस्तुत गर्न नसकेको बताइन् । ‘गठबन्धन सरकामा छौं । यसको बाध्यता छ । यसको सैद्धान्तिक आधार खास केही छैन’, उनले भनिन्, ‘त्यो नहुँदा राज्य निर्माणको र समाजवादको खाका नीति कार्यक्रमले प्रस्तुत गर्न कसकेको छैन ।’
नीति कार्यक्रममा साना व्यवसायीलाई राहत पुग्ने कुनै कार्यक्रम नरहेको पनि उनले बताइन् । ‘खासगरी कोभिडपछि साना व्यवसायीहरु आज पनि संकटमा छन् । तर उनीहलाई राहतका लागि कुनै प्याकजे ल्याइएको छैन’, सांसद भट्टराईले भनिन् ।




















प्रतिक्रिया