काठमाडौं । नेपाली बजारमा (मंगलबार) पनि सुनचाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मुल्य स्थिर रहेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ । हिजो पनि तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया