Logo

अर्थ

सरकार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सम्बन्धमा चिप्लिएको छ : रास्वपा सांसद ढकाल



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकाल विगत ३३ वर्षदेखि नीति तथा कार्यक्रम र बजेटको अवस्थौ उही रहेको बताएका छन् । २०४८ को तनीति कार्यक्रम र अहिलेको नीति कार्यक्रम उस्तै उस्तै रहेको भन्दै उनले अहिले पनि उही उसैगरी चलाउन खोजिएको बताए ।

मंगलबारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै सांसद ढकालले भने, ‘२०४८ को नीति कार्यक्रम अहिले पनि छ । यो ३३ वर्ष यही ल्याइयो र चलाइयो । अहिले पनि यसैले चलाउन खोजिँदैछ ।’

तर यसपटक रास्वपाले उही हुन नदिने उनले बताए । ‘सरकार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सम्बन्धमा चिप्लिएको छ । तर चिप्लिँदैमा लडिँदैन’, सांसद ढकालले भने, ‘हामी रचनत्मक सहयोग गरेर सरकारलाई लड्न दिँदैनौं । सरकार तयार छ हाम्रो सुझाव मान्नलाई ?

सांसद ढकालले सबै क्षेत्रमा राज्यको बजेट जाने भन्दै मन्त्री सांसदे मैले ल्याएको बेजट भन्न नमिल्ने पनि बताए । ‘मन्त्री र सांसदहरुले मैले ल्याएको बजेट हो भनेर आफ्नो क्षेत्रमा भन्ने होइन’, उनले भने, ‘हामी यसपटक राज्यले हालेको बजेट हो भन्न हामी जाँदैछौं ।’

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १५:०३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।