Logo

अर्थ

नीति तथा कार्यक्रम राम्रो छ, कार्यान्वयनलाई ध्यान दिनुपर्छ : प्रकाशमान सिंह



काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले ल्याएको नीति तथा कार्यक्रम राम्रो रहेको उल्लेख गर्दै कार्यान्वयनमा ध्यान दिनुपर्ने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले मुलुकलाई राजनीतिक स्थायित्व दिन पनि यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।

‘नीति तथा कार्यक्रम नेपालको राष्ट्रिय राजनीतिलाई स्थायित्व दिनका लागि प्रभावकारी तवरले कार्यान्वयन गर्न सक्नुपर्छ । यहाँ उल्लेख सबै बुँदाहरु केलाउँदा सबै राम्रा र आवश्यक छन्’, उनले भने, ‘अब जनाको विश्वास जित्न आगामी बजेट चाहिँ प्रथामिकता निर्धारण गरेर न्यायोचित ढंगले जनतालाई प्रत्यक्ष प्रभाव पार्ने मुद्दालाई ध्यान दिएर विनियोजन गर्नुपर्छ ।’

सांसद सिंहले विधिको शासन सबैले मान्नुपर्ने उल्लेख गरे । नक्कली शरणार्थी प्रकरणमा जनसुकै ओहदाको व्यक्ति भएपनि दोषी पाइए समान कार्यबाही गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १४:०४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।