Logo

आजको तस्बिर

१० महिना लगाएर नेपाली युवाहरुले बनाए रकेट, नाम– ‘श्री नेपालको गर्व’ (फोटोफिचर)



काठमाडौं । नेपाली युवाहरुको समुहले नेपालकै पहिलो रकेट निर्माण गरेका छन् । पन्ध्र जना युवाहरुले मिलेर बनाएको उक्त रकेटले अन्तरिक्षको उडान भर्न सक्न बताइएको छ ।

‘एसट्रल इस्पेस रिसर्च’ नेपाल नामक अन्तरिक्ष सम्बन्धि अनुुसन्धान गर्ने एक संस्थामा आवद्ध युवाको समूहले बनाएको रकेट आज डिल्लीबजारस्थित सिबिएम कलेजमा प्रर्दशनिमा राखिएको छ ।

कुल लम्बाई ९१ इन्च र २५ दशमलव ९९ पाउण्ड तौल रहेको यो रकेटको कूल लागत हालसम्म ३० लाख बढी रहेको र अन्तिम तयारीमा पुग्दा ९० लाखसम्म पुग्ने बताइएको छ । यो रकेट जुन १९ देखि २४ सम्म अमेरिकामा हुने स्पेसपोर्ट अमेरिका कपमा समेत छनौटमा परेको छ ।

एसट्रल इस्पेस रिसर्च नेपालका आर्थिक प्रमुख रिज्जु महर्जनले दश महिना लगाएर बनाइएको रकेटलाई ‘श्री: नेपालको गर्व’ नाम दिइएको छ। महर्जनका अनुसार नेपालमा अन्तरिक्ष सम्बन्धि नीति नभएकोले स्पेसपोर्ट अमेरिका कपमा भाग लिन आफूहरुले सरकारसँग उपयुक्त व्यवस्थापन गरिदिन आग्रह गरेको बताए ।

     

 

प्रकाशित मिति : जेष्ठ ११, २०८० बिहीबार  २ : ५३ बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।