काठमाडौं । नोपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नीति तथा कार्यक्रमको शैलीमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले यो परम्परा धान्ने शैली नै परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
शर्माले जनताको माझमा प्रत्येक वर्ष आउने नीति तथा कार्यक्रम आलोच्य भइसकेको समेत बताए । प्रत्येक वर्ष आउने नीति तथा कार्यक्रम पुरानो शैलीको भएकाले जनताको अवस्था बदल्ने खालको नीति तथा कार्यक्रम ल्याउनुपर्ने शर्माको भनाइ छ । ‘नीति तथा कार्यक्रमलाई चैत महिनामै ल्याउनुपर्छ’, उनले भने ।
महामन्त्री शर्माले २००७ सालदेखि कै भ्रष्टाचारको फाइल खोल्न आग्रह पनि गरेका छन् । उनले विगतमा नेपाली कांग्रेसका नेतासमेत भ्रष्टाचारको आरोपमा जेल गएको स्मरण गर्दै सबै भ्रष्टाचारको फाइल खोल्न आग्रह गरे ।
‘कुनै विपक्षी पार्टीका नेतालाई तान्ने लक्ष्यसहित नभई भ्रष्टाचारको स्पष्ट छानबिन गरौँ,’ शर्माले भने, ‘भ्रष्टाचारको स्पष्ट छानबिन गरेर सबै फाइल खोलौँ ।’
सांसद शर्माले सरकारले भ्रष्टाचारका फाइल खोलेका बेला बधाई दिनुपर्ने बताए । ‘भ्रष्टाचारको फाइल सरकारले खोलेको बेला बधाई छ सरकार भन्ने समय हो । यो समय सरकारभन्दा बाहिर रहेको दलले पनि समर्थन गर्ने बेला हो । यो समय सरकारलाई दिएको समर्थन फिर्ता लिने बेला होइन’, उनले भने ।




















प्रतिक्रिया