Logo

अर्थ

सांसद तामाङ भन्छन्– नीति तथा कार्यक्रममा बोल्नु कुनै अर्थ नभएपनि आफ्नो धर्म निभाउनैपर्‍यो !



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका उपनेता बुद्धिमान तामाङले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रमको औचित्य नभएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा उनले आफूहरूले नीति तथा कार्यक्रममा योजना समावेश गराउन खोज्दा नपाएको गुनासो गरे ।

‘यो नीति तथा कार्यक्रममा भाग लिनुको के अर्थ भयो र ! केहीअघि हामीले योजना समावेश गर्न खोज्दा सम्बन्धित मन्त्रालयले पहिले नै अगाडि बढाएको भनियो’, उनले भने, ‘अब हामीले बोलेर पनि के हुन्छ र ? बोल्नु र नबोल्नुको कुनै अर्थ छैन । तर, जे भए पनि आफ्नो धर्म निभाउनैपर्‍यो !’

अहिलेको नीति तथा कार्यक्रम सुन्नका लागि मात्र कर्णप्रिय भएको उनले बताए । नीति तथा कार्यक्रम लक्ष्यविहीन रहेको टिप्पणी गर्दै उनले सरकारको गन्तव्य पनि स्पष्ट नभएको उल्लेख गरे ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार १८:२९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।