Logo

अर्थ

शरणार्थी प्रकरणमा मात्रै होइन, अन्य तमाम बेथितिहरूमा पनि सरकारको ध्यान छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा मात्रै नभई मुलुकका अन्य बेथितिहरूमा पनि सरकारको ध्यान रहेको बताएका छन् । उनले ती सबै बेथिति एक÷एक गरी सच्याउँदै जाने पक्षमा सरकार रहेको बताएका छन् ।

प्रतिनिधिसभाको शनिबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले मुलुकमा रहेका बेथिति अन्त्यका लागि संसद् र राजनीतिक दलहरूले साथ आवश्यकता रहेको बताए । ‘सरकारको ध्यान यस (नक्कली शरणार्थी प्रकरण)मा मात्रै होइन, अन्य तमाम बेथितिहरूमा पनि सरकारको ध्यान छ । चाहे त्यो सम्पत्ति शुद्धीकरणमा होस्, चाहे राजस्वसँग सम्बन्धित कुरा होस्, चाहे अन्य तमाम बेथितिका कुरा हुन् ती सबैमाथि ध्यान छ’, उनले भने, ‘कदम÷कदम गरेर ती सबै सच्याउनु पर्छ र त्यसको निम्ति संसद् र सबै राजनीतिक दलको सहयोगको आवश्यकता छ ।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई नछोड्न र दोषीलाई कुनै पनि हालतमा पर्न नदिन गृह प्रशासन र प्रहरी प्रशानलाई दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

 

  • याे पनि…

नीति तथा कार्यक्रम दुवै गठबन्धनको साझा कार्यक्रमलाई समेटेर ल्याइएको हाे : प्रधानमन्त्री

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार १९:५५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।