काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेश हुँदै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे सुरु हुने बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आव २०७९/८०को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
शनिबार रातिसम्म बसेको प्रतिनिधिसभाको बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेपछि भोलिपल्ट आर्थिक सर्वेक्षण पेस गर्न लागिएको हो । सरकारले नीति कार्यक्रम र आर्थिक सर्वेक्षणमा टेकेर भोलि (सोमबार) आगामी वर्षको बजेट ल्याउनेछ ।




















प्रतिक्रिया