Logo

अर्थ

आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण अर्थमन्त्रीद्वारा सार्वजनिक



काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको कार्य प्रगति प्रतिवेदन संघीय संसदमा पेस गरेका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री महतले आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् । आर्थिक सर्वेक्षण पेस गर्दै अर्थमन्त्री महतले सन् २०२३ मा विश्वको अर्थतन्त्र नै समस्यमा परेकाले त्यसको असर नेपालको अर्थतन्त्रमा पनि परेको उनले बताए ।

“अन्तर्राष्ट्रिय आर्थिक परिवेश र संरचनात्मक समस्याका कारण थोक तथा खुद्रा व्यापार, निर्माण, उत्पादनमूलक उद्योगको उत्पादनलगायत समग्र आर्थिक क्रियाकलापमा सङ्कुचन भई चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर दुई दशमलव १६ प्रतिशत हुने अनुमान छ”, उनले बताए ।

 

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १५:१५   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।