Logo

अर्थ

आगामी वर्षको बजेट आज सार्वजनिक हुने



काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ ।

संघीय संसद भवन, बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमार्फत बजेट सार्वजनिक हुन लागेको हो । बैठक दिउँसो ४:१५ बजे बोलाइएको छ ।

‘अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ । नयाँ संविधान जारी भएपछि हरेक वर्ष गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते सरकारले नयाँ बजेट सार्वजनिक गर्दै आएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार ११:०८   :  बजे

261
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।