काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका क्रममा भोलिका दिनमा नेपाली जनताले सम्झने केही काम गर्न चाहेको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले मंगलबार पार्टी कार्यालय कोटेश्वरमा बसेको केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
‘भोलिसम्म नेपाली जनताले सम्झने केही काम सम्पन्न होउन् भन्ने मैले चाहेको छु’, प्रधानमन्त्री प्रचण्डले भने । उनले विद्युत्, सीमा, पारवहनलगायत विषयमा राम्रो गर्ने आफ्नो चाहना भएको पनि बताए । प्रधानमन्त्री प्रचण्ड ४ दिने औपचारिक भ्रमणका लागि बुधबार भारत जाँदैछन् ।
प्रधानमन्त्री प्रचण्डले पार्टी, आन्दोलन र नेतृत्वप्रति जनतामा आशा रहेको उल्लेख गर्दै सोही आशाको बलमा आफूहरु सरकारको नेतृत्वमा आएको प्रस्ट पारे । ‘हामीले सरकारको मात्र नेतृत्व गरेका छैनौं, राष्ट्रिय सहमतिको नेतृत्वको लिन पनि सक्षम भएका छौं’, उनले भने ।
प्रधानमन्त्री प्रचण्डले विगतका अनुभवका आधारमा यसपटक सरकारको नेतृत्व भिन्न ढंगले संकल्प साथ लिएको बताए ।




















प्रतिक्रिया