Logo

प्रमुख समाचार

अन्ततः राष्ट्रपति पौडेलले गरे नागरिकता विधेयक प्रमाणीकरण



काठमाडौं । अन्ततः राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेका हुन् ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको यो विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । अघिल्लो संघीय संसद्‍बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । विधेयकमा चित्त नबुझेको भन्दै उनले संसद्लाई फिर्ता पठाएकी थिइन् । दुवै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपतिकहाँ पठाएकोमा १५ दिनभित्र प्रमाणीकरण नगरी रोकेकी थिइन् ।

संवैधानिक व्यवस्था अनुसार दोस्रो पटक पाारित गरेर संसदले पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेपर्ने हुन्छ । तर संविधानविपरीत पूर्व राष्ट्रपति भण्डारीले रोकेकी थिइन् ।

नयाँ जनादेशअनुसारको संसदलाई नारिकता विधेयकमा निर्णय गर्न नदिएर सरकारले पुरानै विधेयकलाई नयाँ राष्ट्रपतिबाट प्रमाणीकरण गराउन चाहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले तीन साताअघि राष्ट्रपति पौडेललाई भेटेर पहिलेकै विधेयक प्रमाणीकरण गर्न आग्रह गरेका थिए ।

दोस्रो पटक संसदले पठाएको विधेयक १५ दिनको समयसीमाभित्र राष्ट्रपतिले प्रमाणीकरण नगरे त्यसपछि के हुने भन्नेबारे संविधानमा प्रस्ट व्यवस्था छैन । संविधानमा कुनै व्यवस्था नभएकाले तत्कालीन राष्ट्रपतिले गरेको संविधान उल्लंघनलाई वर्तमान राष्ट्रपतिबाट प्रमाणीकरणमार्फत सच्याएर जानुपर्ने तर्क सत्ता गठबन्धनको छ । प्रमुख प्रतिपक्ष एमालेले विधेयककाे विपक्षमा छ ।

  • याे पनि…

शीतल निवासमा अड्किएकाे नागरिकता विधेयक : संविधान मौन, अबकाे ‘ब्रेक थ्रु’ के ?

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार ११:३७   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।