Logo

अन्तर्राष्ट्रिय

भारत–नेपाल पर्टनरसीप सुपरहिट बन्छ– नरेन्द्र मोदी



काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीच पछिल्ला नौ वर्षमा ‘हिट’ को सिद्वान्तमा अगाडि बढेको बताएका छन् ।

उनले रेलवेको सुरुवात, पेट्रोलियम पाइपलाइन, अन्तरदेशीय विद्युत निर्माणलगायत थुप्रै काम पूरा भएको उललेख गरे । मोदीले भविष्यमा नेपाल र भारतबीचको पर्टनरसीपलाई अझ ‘सुपरहिट’ बनाउन महत्त्वपूर्ण निर्णयहरु भएको सुनाए ।

उनले नयाँ रेल सम्झौता गरी भारतीय रेल संस्थामा नेपाली कर्मचारीलाई प्रशिक्षण दिइने, क्रस बोर्डर पेमेन्ट समझदारीबाट विद्यार्थी तथा पर्यटकलाई सुविधा हुने, आउने १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने, फुकोट कर्णाली हाइड्रपावरलगायतका आयोजनामा भारतले मिलेर काम गर्ने लगायतको सम्झौता भएको बताए । त्यस्तै अमलेखगन्जको पाइपलाइनलाई विस्तार गरी चितवनीसम्म पुर्याउने, सिलिगुढीबाट झापासम्म नयाँ पेट्रोलियम पाइपलाइन बिस्तार गर्ने पनि मोदीले संयुक्त पत्रकार सम्मेलनमा बताए ।

उनले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्रता दिने पनि प्रतिवद्वता जनाए । नेपाल र भारतको सम्बन्ध हिमाल जस्तै उच्च रहेको बताउँदै उनले सीमालगायत अन्य समस्या समाधान गरिने बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १३:५४   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।