Logo

प्रमुख समाचार

तल्लो तहका साथीहरु पार्टी नेतृत्वसँग निराश छन् : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेतृत्वसँग तल्ला तहका नेता कार्यकर्ता निराश भएका बताएका छन् । कांग्रेस अहिले अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको भन्दै उनले यस्तो अवस्थामा नेतृत्व छाड्न पनि तयार हुनुपर्ने बताए ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले भने– ‘अहिले पार्टीको तल्लो तहमा गएर बुझ्दा पार्टीको नेतृत्वसँगै निराश भएको छु भन्ने कुरा आउँछ। म पनि पार्टीको नेतृत्वभित्र पर्छु। नेतृत्वले ठिक ढंगले काम गर्न सकिराख्नुभएको छैन भनेर आम साथीहरूले भन्नुहुन्छ। काम गर्न नसकिरहेको अवस्था पनि छ। त्यो बेलामा सर्लक्क हामीले छाडेर पार्टीभित्र राम्रो हुन्छ भने त्यो बेलामा छाड्दिनुपर्छ। पार्टीको महामन्त्री भएर मैले यो भनिराख्दा पार्टीको सभापति यो भन्न तयार हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न पनि आउँछ। त्यसमा उहाँ तयार हुनुहुन्छ ?’

उनले कार्यकर्ता तहको सुझावको आधारमा पार्टी अगाडि बढाउनुपर्ने बताए। चुनाव जितेर संघदेखि प्रदेश स्थानीय तहसम्ममा नेतृत्व हुँदा समेत पार्टी कार्यकर्ता तहमा व्यापक निराशा छाएको बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १४:५३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।