काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदन र अग्निपथमा गोर्खा भर्तीलगायतका विषयमा कुराकानी नभएकाे भारतीय विदेश मन्त्रालयले स्पष्ट पारेकाे छ ।
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश सचिव विनयमोहन क्वात्राले यसबारे दुई प्रधानमन्त्रीबीच कुराकानी नभएको बताएका हुन् ।
प्रधानमन्त्रीहरूको संयुक्त पत्रकार सम्मेलनपछि विदेश सचिव क्वात्राले पत्रकार सम्मेलन गरेका थिए । ‘मेरो जानकारीमा भएअनुसार अग्निपथमा गोर्खा भर्ती, ईपीजी र शान्ति तथा मैत्री सन्धिको विषयमा दुई प्रधानमन्त्रीहरूबीच द्विपक्षीय र प्रतिनिधिमण्डलस्तरीय बैठकमा कुरा भएन’, पत्रकारहरूले सोधेको प्रश्नमा क्वात्राले भनेका थिए ।
उनले भारतको संसद्मा भर्खरै राखिएको ‘अखण्ड भारत’को मुरालको बारेमा पनि दुई प्रधानमन्त्रीबीचमा छलफल नभएको बताए ।




















प्रतिक्रिया