Logo

प्रमुख समाचार

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक एक घण्टाका लागि स्थगित



काठमाडौं । विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायत दलले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् ।

आइतबार संसदको बैठक सुरु भए लगतै प्रतिपक्षी दलका सांसदहरु उठेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले समय दिएपछि एमाले प्रमुख सचेतक पदम गिरी, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध गरे ।

लगातारको आग्रह पछि पनि विपक्षी सानंसद्हरुले नाराबाजी गरिनै रहेपछि सभामुख घिमिरेले एक घण्टाको लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १३:००   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।