Logo

प्रमुख समाचार

प्रतिपक्षी दलको अवरोधपछि राष्ट्रियसभा बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि २९ मिनेटका लागि स्थगित भएको राष्ट्रियसभाको बैठक भोलिमात्रै बस्ने भएको छ ।

आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम भएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै बैठक अवरुद्ध गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले अर्को बैठक भोलि दिउँसो १ बजेर १ बजे बस्ने बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १४:२१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।