काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि २९ मिनेटका लागि स्थगित भएको राष्ट्रियसभाको बैठक भोलिमात्रै बस्ने भएको छ ।
आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम भएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै बैठक अवरुद्ध गरेको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले अर्को बैठक भोलि दिउँसो १ बजेर १ बजे बस्ने बताए ।




















प्रतिक्रिया