काठमाडौं । नेपाली कांग्रेसको मधेश प्रदेश समितिले नागरिकता विधेयक प्रमाणीकरण गरेकामा राष्ट्रपति रामचन्द्र पौडेललाई कृतज्ञता ज्ञापन गरेको छ । आइतबार बसेको बैठकले राष्ट्रपतिलाई धन्यवाद दिनुका साथै हर्सोल्लासका विविध कार्यक्रम संचालन गर्न गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।
यद्यपि सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता (विधेयक) ऐनलाई तत्काल कार्यान्वयन नर्ग अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेको छ ।
यसैगरी मधेश कांग्रेसको बैठकले सरकारका मन्त्री तथा सांसदहरुको कामलाई प्रभावकारी एवं पारदर्शी बनाउन भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । बैठकले निर्वाचनका क्रममा पार्टीले तयार गरेको संकल्प पत्रलाई आधार बनाएर मधेश र मधेशी जनताहरुको जीवनस्तर उकास्ने कांग्रेस पार्टीका कार्यकर्ताहरुको मनोबल उच्च बनाउने धारणासहितको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न गराउन अग्रणी भूमिका निर्वाह गर्ने निर्णय पनि गरेको छ ।





















प्रतिक्रिया