काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ ।
शुक्रबार बिहान ११:३० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रमको समीक्षा हुनेछ । हालै सकिएको केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयनसम्बन्धी र पार्टी संगठनलाई चलायमान बनाउनेबारे पनि कार्यसम्पादन समिति बैठकमा छलफल गर्ने तयारी छ ।




















प्रतिक्रिया