Logo

राजनीति

आन्दोलनका नाममा अराजक गतिविधिलाई सरकारले छुट दिन सक्दैन : गृहमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानवादीको आन्दोलनको नाममा हुने अराजक गतिविधि भएको बताएका छन् ।

कोशी प्रदेशको नामलाई लिएर भइरहेको आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भएपछि एमालेले सरकारको जवाफ मागेको थियो । शुक्रबार संसदको बैठक सुरु भए लगतै एमाले सचिव योगेश भट्टराईले आन्दोलनका नाममा सत्तारुढ दलका नेता कार्यकर्ता नै आफूहरुसँग भिड्न आएको त होइन भनेका थिए ।

गृहमन्त्री श्रेष्ठले शान्तिपूर्ण रुपमा आफ्नो विचार र दृष्टिकोण राख्ने सुविधा सबैलाई हुने बताए । तर अराजक गतिविधिलाई कुनै हालतमा सरकारले छुट नदिने उनले बताए । उनले भने, ‘संविधान र कानुनलाई हातमा लिने, अराजक गतिविधि गर्ने, सार्वजनिक सम्पत्ति वा संस्थाहरुको सुरक्षमा चुनौती उत्पन्न गर्ने वा व्यक्ति नेताहरुको सुरक्षामा थ्रेट उत्पन्न गर्ने कुनै पनि गतिविधिलाई सरकार छुट दिन सक्दैन ।’

उनले अहिले सबैको सुरक्षा र वार्ताबाट समस्याको समाधानको पहल भइरहेको बताए । प्रदेश सरकारले पनि वार्ताको लागि आह्वान भइसकेको सकारात्मक कुरा भएको बताए ।

एमाले अध्यक्षसहितका नेताहरुमाथि भएका दोषीहरुलाई कानुनी कारवाही गर्ने उनले बताए ।

 

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार १३:०१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।