Logo

प्रमुख समाचार

तीन दिनभित्र संसदीय सुनुवाइ सकाएर प्रधानन्यायाधीश नियुक्तिको टुंगो लगाइने



काठमाडौं । प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले असार १ गतेभित्रमा प्रधानन्यायाधीश नियुक्तिको टुंगो लगाउने भएको छ । आज (सोमबार) बसेको समिति बैठकले असार १ गतेभित्र नियुक्ति टुंगो लगाउने गरी सुनुवाइ गर्ने निर्णय गरेको हो ।

तीनदिनभित्र सुनुवाइ टुंगो लगाएपछि प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्नेछ । प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध समितिले जेठ १६ गते उजुरी आह्वान भएको थियो । १० दिनको समय उजुरीका लागि दिइएकोमा २९ उजुरी परेका छन् ।

अब समितिले जेठ ३० र ३१ गते समितिले उजुरीकर्तासँग छलफल गर्ने र ३२ गते कार्कीलाई बोलाएर छलफल गर्ने कार्य तालिका छ । असार १ गते समितिले निर्णय गर्नेछ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार १२:३८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।