काठमाडौं । स्वास्थ्यमा अचानक समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या भएपछि पौडेललाई मंगलबार काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरिएको हो ।
राष्ट्रपति पौडेललाई बिहान ११ बजे अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ । उनलाई अस्पतालको भीआईपी कक्षमा राखेर उपचार भइरहेको छ ।
यसअघि वैशाख पहिलो साता पनि अस्वस्थ भएपछि राष्ट्रपति पौडेललाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गरिएको थियो ।




















प्रतिक्रिया