काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा देश बाहिर (सिंगापुर) गएपछि कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उपसभापति खड्कालाई कार्यवाहक सभापति तोकेको कांग्रेसले जनाएको छ ।
सभापति स्वास्थ्य जाँचका लागि गए राति सिंगापुर गएका छन् । उनी एकसातापछि स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।




















प्रतिक्रिया