Logo

राजनीति

संसद भवन अगाडि नेविसंघको प्रदर्शन, १२ जना पक्राउ



काठमाडौं । नेपाल विद्यार्थी संघले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडि प्रदर्शन गरेको छ । उच्च शिक्षा ऐन २०७६, संघीय शिक्षा ऐन लगायतका ऐन पारित गर्न माग गर्दै प्रदर्शन गर्ने नेविसंघका १२ जना विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार नेविसंघ आवद्ध त्रिचन्द्र क्याम्पससहित उपत्यकाका विभिन्‍न क्याम्पसका नेविसंघ आवद्ध विद्यार्थीहरु पक्राउ परेका हुन् । उनीहरुलाई वानेश्वर प्रहरी वृतमा राखिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार १९:०८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।