काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)को अध्यक्षमा गणेश कार्की निर्विरोध निर्वाचित भएका छन् । योग्यता नपुगेको भन्दै निर्वाचन समितिले किरण मल्लको उम्मेदवारी खारेज गरेसँगै कार्की अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन समितिले अध्यक्ष पदमा कार्की, वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगीको नामा प्रकाशित गरेको छ । यस्तै उपाध्यक्षमा ५ जनाको नाम प्रकाशन गरेको छ । जसमा भरतबहादुर खत्री, उत्तम भ्लोन, राम प्रसाद आचार्य, आशिष गर्ग र आनन्द चौधरी रहेका छन् ।
त्यस्तै महासचिवमा बलराम खतिवडाको नाम सार्वजनिक भएको छ । यस्तै सचिव, कोषाध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन् ।




















प्रतिक्रिया