Logo

प्रमुख समाचार

सुनुवाइ समितिबाट कार्कीको नाम प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन



काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा प्रस्तावित हरिकृष्ण कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको छ ।

सुनुवाई समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो । बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार प्रश्नउत्तर भएको थियो ।

लगतै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् ।

संसदीय सुनवाइ समितिमा शुक्रबार समिति सदस्यहरुले आएका उजुरीहरुबारे प्रश्न गरेका थिए । जवाफमा उनले त्यसमा कुनै सत्यता नभएको बताए ।

उनले अघि भने, ‘ममाथि लागेको कुनै पनि आरोपमा सत्यता छ भन्ने प्रमाणित भयो भने राजीनामा दिएर बाहिरिनेछु ।’ कार्कीविरुद्ध २९ वटा उजुरी परेका थिए । प्रधानन्यायधिशमा प्रस्तावित भए पति समितिले उनीविरुद्ध कुनै उजुरी भए दर्ता गर्न भनेको थियो । उनीमाथि दर्ता भएको उजुरीको सुनुवाईसकिएपछि उनलाई प्रधानन्यायधिशमा प्रस्ताव गरिएको हो ।

आठ महिनायता कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार ११:०४   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।