Logo

अर्थ

सुदूरपश्चिम प्रदेशको बजेट २९ अर्ब २६ करोड



काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि २९ अर्ब २६ करोड ५९ लाख बजेट ल्याएको छ ।

आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले चालु तर्फ ९ अर्ब ५९ करोड रुपैयाँ र पूँजीगत तर्फ १७ अर्ब २ करोड रुपैयाँ बजेट ल्याएका हुन् ।

चालु आर्थिक वर्ष सुदूरपश्चिम प्रदेश सरकारले ०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट ल्याएको थियो । चालु आर्थिक वर्ष ०७९/८० को बजेट भन्दा आर्थिक वर्ष २०८०/८१ को बजेट ७ अर्ब ४८ करोड ५ लाख ६५ हजार कमी हो ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार १७:४४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।