काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुसँग मुकाबिला गर्न र नेपाली कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा गठनको चर्चा भइरहेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले गठबन्धनमा रहेरकैहरुले मोर्चा बनाउनुको अर्थ नरहेको बताए ।
‘गठबन्धन मात्रै नपुगेर अहिले समाजवादी मोर्चा बनाउने अरे । समाजवादी मोर्चा किन बनाउने भन्दा यसका दुई कारण छन् । एक एमालेसँग मुकाबिला गर्ने र अर्को कांग्रेसलाई तर्साउने ।’
मोर्चामा सामेल हुने भनिएका दलहरूको ‘लिभिङ टुगेर’ चलिरहेको टिप्पणी गर्दै उनले भने, ‘त्यो बनाएर हुन्छ के ? किन बनाउने त्यो ? तिनै चिनेका मान्छे हुन सँगै हिँडेका छन् । लिभिङ टुगेदर त चलेकै छ । तिनीहरूको । अनि मोर्चा के चाहियो ? हामीले उहाँहरूका मोर्चा सोर्चा के बनाउँछन् खास वास्ता राख्नुपर्ने छैन ।’
अध्यक्ष ओलीले सँगै काम गरेका नेताहरूलाई आफूले राम्रोसँग चिनेकाले कुनै नयाँ कुरा नरहेको जिकिर गरे ।




















प्रतिक्रिया