काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको प्रश्नोत्तर कार्यक्रम शुक्रबार हुने भएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तरको कार्यक्रम शुक्रबार हुने जानकारी सदनलाई गराएका हुन् ।
प्रधानमन्त्रीको प्रश्नोत्तरको लागि हरेक समूहका १५ सदस्य रहने गरी वर्णानुक्रमअनुसार १७ समूहमा विभाजन गरेको बताए ।
आज अपराह्न ५ बजेसम्म प्रश्न लिखित रूपमा प्रतिनिधिसभाका सचिवसमक्ष पेश गर्न पनि उनले अनुरोध गरेका हुन् ।




















प्रतिक्रिया