Logo

प्रमुख समाचार

किन बस्दैछ नेकपा एसको संसदीय दलको बैठक ?



काठमाडौं । सत्तारूढ नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक आज बस्दैछ।

बैठक दिउँसो २ बजे बस्ने बताइएकाे छ ।

नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले बजेट विनियोजनको विषयमा असन्तुष्टि जनाउँदै आएका छन् । उनीहरूले पार्टी अध्यक्ष माधव कुमार नेपालसँगको छलफलमा सांसदहरूले बजेटको असन्तुलन नसच्याएसम्म मतदान नगर्ने चेतावनी दिएका छन् ।

सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि आफूहरूको मागलाई बेवास्ता नगर्न चेतावनी दिएका छन् । उनीहरूले आफूहरू पार्टी विभाजन गरेर आएको भन्दै सरकार भत्काउन ठूलो कुरो नभएको समेत बताएका छन् ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार ०९:३५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।