Logo

प्रमुख समाचार

संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर आज



काठमाडौं । प्रतिनिधि सभाको आज (शुक्रवार) को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रश्नोत्तर हुँदैछ ।

संसद नियमावली अनुसार हरेक महिना प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तर कार्यक्रम हुने व्यवस्था अनुसार प्रचण्डले आज प्रश्नको उत्तर दिन लागेका हुन् ।

बैठकमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालयको बजेट शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले सार्वजनिक गरेको छ ।

यसैगरी, यसअघि प्रदेशको नाम उल्लेख नगरेका कारण रोकिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट शीर्षकमाथिको पनि छलफल आज नै हुने सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ८ असार २०८०, शुक्रबार ०९:४६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।