प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तत्काल आवश्यक नभएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शिर्षकमाथिको छलफलका भाग लिँदै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले काम गर्न नसकिरहेका बेला थप विमानस्थल बनाउन आवश्यक नभएको बताएका हुन ।
सांसद सिंहले के भैंसी चराउनका लागि सो विमानस्थल बनाउन लागिएको हो ? भनि सरकारलाई प्रश्न समेत गरे ।‘निजगढ एयरपोर्ट बनाउने कुरामा मेरो आपत्ति छ ।
किनकी निजगढ एयरपोर्ट यता दुई वटा इन्टरनेशनल एयरपोर्ट काम गर्न सकिरहेका छैन । अर्को निजगढ एयरपोर्टको आवश्यक्ता के रु खाली फाष्ट ट्रयाक जोडनका लागि एयरपोर्ट चाहिन्छ ? त्यो आवश्यक छैन’, उनले भने, ‘त्यसकारणले विदेशीको ऋण लिने, त्यो ऋण लिएर एयरपोर्ट बनाउने ।
तर, त्यसमा सोही अनुसारको व्यवस्था नहुने । र, अहिले पनि बजारमा भनिएको छ कि निजगढ एयरपोर्ट बनाउने । के त्यहाँ भैंसी चराउनका लागि एयरपोर्ट बनाउने रु मधेशमा भैंसी धेरै पाउँछ ।’




















प्रतिक्रिया