Logo

प्रमुख समाचार

समाजको आक्राेश विष्फोट हुन लाग्याे, अब गाउँ पस्छु : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजमा व्याप्त आक्रोश र निराशा बढ्दै गएकोले त्यसलाई तत्काल सम्बोधन गर्न लाग्नुपर्ने बताएका छन् ।

समाजमा व्याप्त असन्तुष्टि,निराशा र आक्रोशले विष्फोटको रुप लिन लागेको भन्दै ब्यापक निराशाको विश्लेषण गर्नुपर्ने उनकाे भनाइ छ ।

काठमाडौं क्षेत्र नम्बर ४ को सम्मेलनलाई शनिबार सम्बोधन गर्दै महामन्त्री थापाले समाजमा निराशा र आक्रोश फैलिनुको कारण देशको सबैभन्दा ठूलो र पूरानो पार्टी कांग्रेसको लय बिग्रनु नै भएको बताए ।

थापाले भने ‘आज समाजको आक्राेश विष्फोट हुन लागेको छ । जताततै ब्यापक निराशा छ । यसको कारण देश हाँक्ने सबैभन्दा ठूलो पूरानो र सबैभन्दा ठूलो जिम्मेवारी प्राप्त नेपाली कांग्रेस पार्टीको लय बिग्रिदा,यसले लय पक्रिन नसक्दा,अलमलिदा र हामी आफैं असन्तुष्ट हुँदा असरल्ल छरिएको छ।’

अरु पार्टीले लय छाड्दा कार्यकर्तामात्र असन्तुष्ट हुने भन्दै थापाले कांग्रेसले लय छाड्दा देश नै निराश बन्ने बताए । थापाले अब भदौ महिनादेखि आफू कम्तिमा एक महिना काठमाडौं छाडेर ३०-३५ जिल्ला तथा गाउँकाे भ्रमण गर्ने योजना सुनाए । तल्लो तहसम्म गएर जनसंवाद यात्रा गर्ने र तलका मान्छेको कुरा सुनेर माथि बसेकाहरुको बीचमा ल्याउने योजना उनले सुनाए ।

प्रकाशित मिति : ९ असार २०८०, शनिबार १२:११   :  बजे

198
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।