काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले असारभित्र मर्ज हुने गरी तिब्र गतिमा तयारी गरिरहेको छ । एकीकृत कारोबारपछि बन्ने “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड” ले बजारमा बिक्रीको लागि ल्याउने बीमा योजनाहरु (प्रोडक्ट)छनोट गर्नु आवश्यक भए बमोजिम तिब्र तयारी बढाएको हो ।
दुबै कम्पनीका विज्ञ कर्मचारीहरुको अध्यन विश्लेषणपछि श्रावण १ गतेबाट विक्री वितरणको लागि पन्ध्रवटा बीमा योजनाहरु (प्रोडक्ट)छनौट भएको छ । नेपाल बीमा प्राधिकरणबाट एकीकृत कारोबार पछि प्रचलनमा ल्याउन उक्त योजनाहरु स्वीकृति समेत प्राप्त भइसकेको छ ।
नेपाली जनमानसको आवश्यकता, बीमितलाई पर्ने लागत, कम्पनीलाई हुने मुनाफा र योजनामा हुने सुविधाहरुलाई समेत विचार गरी पन्ध्रवटा योजना प्रचलनमा ल्याउन सार्वजनिक गरिएको छ ।
स्वीकृत बीमा योजनाहरुमा सुपर सुरक्षित बीमा, समृद्ध जीवन बीमा, चमत्कारीक हेरचाह बीमा, लोकप्रिय धन फिर्ता बीमा, स्मार्ट प्लस बीमा, बम्पर श्रीबृद्धि बीमा, गज्जवको लगानी फिर्ता बीमा, डवल धमाका बीमा, सबैको जीवन बीमा, सर्वश्रेष्ठ आजिवन बीमा, सुनौलो किरण बीमा, बैभव जीवन बीमा, जीवन उन्नती बीमा, लगानी फिर्ता बीमा र निर्धक्क जीवन बीमा योजनाहरु रहेको छ ।




















प्रतिक्रिया