Logo

कोशी प्रदेश

कोशी प्रदेशमा तटस्थ बस्ने जसपाकाे निर्णय

विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगर्ने



विराटनगर । जसपाले कोशी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको तयारी छ ।

जसपा दलको बैठकले विश्वासको मत नदिने र विपक्षमा पनि मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो ।

जसपा कोशी प्रदेश अध्यक्ष दीपक याख्खाले तटस्थ बस्ने निर्णय भएको बताए । ‘हामी पहिचानको आन्दोलनमा छौ, मतदान प्रक्रियामा सहभागी हुन्नौं, उनले भने,´पार्टी प्रदेश कमिटी र संसदीय दलको निर्णय यही हो ।

पुस २५ गते कार्कीको नेतृत्वमा सरकार गठन हुँदा एक सांसद रहेको जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री बनेकी थिइन् । जेठ १७ गते जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

प्रकाशित मिति : १४ असार २०८०, बिहीबार १५:०५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।