काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सीईओ पछिको डेपुटी सीईओको पदलाई पावरफुल भूमिकामा हेरिन्छ ।यी दुईको तालमेल र उचित समन्वय भएमा संस्था सवल र सक्षम हुनुका साथै छोटो समयमै अनपेक्षित प्रगति हाँसिल गर्न सक्छ ।सक्षम डेपुटी सीईओ त उस्तै परे सीईओलाई परामर्श दिने ल्याकत राख्छन् । त्यसैले त पेपुटी सीईओलाई भावी सीईओका रुपमा लिइन्छ । तर यसको विपरित यी दुईबीच उचित तालमेल भएन र स्वार्थ बाझियो भने संस्था अधोगती तर्फ त जान्छ नै सँगसँगै यसले संस्थानै नरहने स्थिती निर्माण गरिदिन्छ । यस्तै अवस्थाबाट गुज्रिरहेको छ अहिले वाणिज्य बैंकहरुमा ठूलो दर्ज भएको भनिएको प्रभु बैंक, जहाँ सीईओ र डेपुटी सीईओबीच कुनै पनि विषयमा न त छलफल हुन्छ न त सरसल्लाह नै । बिना तालमेलनै प्रभु बैंक चलिरहेको छ । यसको प्रत्यक्ष असर संस्थामा पर्न गएको छ ।
संस्था सुदृढ बनाउने बहानामा टाट पल्टिएका र पल्टिने अवस्थामा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थालाई आफुमा गाभेको प्रभु बैंकको हैसियत पछिल्लो समय कमजोर बन्दै गएको छ । शेरचन आफ्नै तालमा चल्ने डेपुटी सीइओको सुझाव नलिने र डेपुटी सीईओ सीईओलाई सुझाव दिने ल्याकत नराख्ने हुँदा संस्था दिनदिनै धर्मराउँदै गएको छ । बैंकमा कर्जा प्रवाहका लागि विभिन्न विषयगत विभागहरु खडा गरिएको छ तर ति विभागहरु केवल सर्वसाधारणको आँखामा छारो हाल्न र राष्ट्र बैंकको नियमनलाई छल्नका लागि मात्र बनेको देखिन्छ । किनकि ति विभागहरुले गर्ने ‘स्वट एनालाइसिस’ (कर्जा दिन लागिएको संस्थाको सवल पक्ष,अवसर, कमजोरी,चुनौति)बारे सीईओ आफैं हाबी हुन्छन् अरुको कुनै सल्लाह लिन आवश्यक ठान्दैनन् ।
यसको ज्वलन्त उदाहरण हो, करिव १२ अर्व बढी रकम हिनामिना गरेर सञ्चालक पक्राउ परेको शिवशिखर एग्रोमा बैंकको लगानी हुनु, त्यस्तै डुबेको रामजानकी हेल्थ फाउण्डेशनमा अरबौं लगानी हुनु र बैंक तथा वित्तीय संस्था विरोधी अभियानै चलाएर हिँडेका विवादित व्यवसायी दुर्गा प्रसाइँका नाममा समेत अरबौं लगानी हुनुले पुष्टि हुन्छ ।त्यस्तै डेपुटी सीईओको त धन्दा नै अचम्मको छ ।उनले दोस्रो कार्यकालपछि सीईओ अशोक शेरचन पदबाट हट्लान् र आफु सीईओ बनौंला भन्ने दिवास्वप्न देखेका थिए । नदेखुन् पनि कसरी पालो उनैको थियो । तर यो सपना उनका लागि ‘आकाशको फल आँखा तरी मर्’ भनेझैं भयो ।
दोस्रो कार्यकालको अवधि सकिएपछि शेरचन हट्नुपर्ने थियो तर शेरचनको चतुर्याईँले नियामकदेखि न्यायालयसम्मलाई प्रभावमा पारेर पूनः बैंकमै रहन सफल भए । त्यसपछि त डेपुटी सीईओ पोखरेलको पलाउँदै गरेको सिङ भाँचियो । आफुले आश गरेको पद नपाइसकेपछिकाे तोड सहन सकेनन् र रिफ्रेस हुन भन्दै अमेरिका हानिए । त्यसो त पोखरेलललाई नै सीईओ बनाइदिन्छु भन्दै आश देखाएका देवीप्रकाश भट्टचनले नै उनलाई अमेरिका पठाइदिएका हुन् । हुन पनि पोखरेल देवी भट्टचनको गोजीका पात्र भएकाले उनैको आशिर्वादले मात्रै डेपुटी सीईओसम्म बनेका थिए । बैंक सञ्चालन गर्न आवश्यक कार्य कुशलता र निर्देशनात्मक क्षमता पोखरेलसँग नभएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । यदी त्यसो हुन्थेन भने आफैं कार्यरत बैंकबाट ऋण मिलाइ दिएबापत कमिशन खान पाउँदा मात्रै उपलब्धि ठानेर बस्दैन थिए । पोखरेलले आफ्नो हैसियत अनुसारको जिम्मेवारी र अधिकारबाट बन्चित गरिँदा किन यसो भयो भनेर व्यवस्थापन र सीइओसँग प्रति प्रश्न गर्ने हिम्मत गर्दैनन् ।
सीईओ हुनका लागि पोखरेलले के के सम्म गरेनन् !
सुन्दा पत्यार नलाग्न सक्छ,एउटा ठूलो भनेर कहलिएको बैंकको उपल्लो दर्जाका कर्मचारीले यतिसम्म त गर्लान् र ? भन्ने प्रश्न पनि उब्जिन सक्छ तर पोखरेलले सीईओ बन्नकै लागि साम दाम दण्ड भेद सबै अपनाए । उनले बैंकबाट कर्जा माग गर्ने ग्राहकहरुसँग कमिशन लिन्छन् भन्ने विषय त यस अघिनै विभिन्न सञ्चार माध्यमले प्रकाशित गरिसकेका छन् । पोखरेलले कर्जा दिन अघि कुनै सुझबुझ गर्दैनन् आफ्नो आसेपासे चिनेकाहरुलाई सहजै कर्जा प्रवाह गर्छन् । नचिनेकाहरुले कर्जा माग गरे कर्जा मिलाइदिए बापत आफैं कमिशन लिन भ्याउँछन् ।
उनले आफु सीईओ बन्नका लागि सीईओ शेरचन विरुद्ध विभिन्न व्यक्तिहरुसँग साँठगाँठ गरी संस्थामा भएका गतिविधीको पोल खोल्न समेत भ्याए । संस्थाको हित विपरित पदीय मर्यादा नाघेर शेरचनलाई सीईओ बन्न नदिन संस्थागत कमीे कमजोरी र गोप्य सूचना चुहाउने काम पनि गरे ।सीईओले गरेका गैरकानूनी कामहरु बाहिर ल्याइ शेरचनलाई कमजोर पार्नेबारे गरिएको कुराकानीको अडियो र एसएमएस समेत अनलाइनपानासँग सुरक्षित रहेको छ ।
यस आधारमा पनि प्रभु बैंकका सीईओ शेरचन र डेपुटी सीईओ पोखरेलबीच हार्दिकता नभएको र व्यापक मतभेद रहेको प्रष्ट हुन्छ ।संस्था हाँक्ने नेतृत्वदायी भूमिकामा रहेका यी मूख्य दुई जिम्मेवार कर्मचारीहरुबीचको द्वन्दले संस्था झनै कमजोर बन्ने देखिन्छ ।
प्रभु बैंकको अर्बौ रुपैयाँ डुव्ने जोखिममा
नियमविपरित सीईओ शेरचन र डीसीईओ पोखरेलको अस्वस्थ प्रतिस्पर्धाका कारण बैंकबाट प्रवाह भएका ऋणहरु खराव कर्जामा परिणत भएका छन् । सर्वसाधारणको निक्षेप बिना विश्लेषण, बिना जोखिम मूल्यांकन मनपरी ढंगबाट प्रवाहित अधिकांश कर्जा अहिले धुमिल छबी भएका संस्थामा पुगेको भेटिएको छ । जसले गर्दा बैंकले अरबौंको नोक्शानी व्यहोर्न पर्ने भएको छ ।
बैंकबाट विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई १ अर्ब २० करोड, शिव शिखर एग्रोलाई ७५ करोड, भूमि इन्फ्रास्ट्रक्चर र नेपाल जनरल मार्केटिङको नाममा ठूलो रकम कर्जा लगानी गरेको तथ्य अनलाइन पानालाई प्राप्त भएको छ । बैंकले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई लगानी गरेको अर्ब बढी ऋण रकम उठाउन नसकिने भन्दै कर्जा विभागले सिइओ समक्ष रिपोर्ट गरिसकेको भएपनि बैंकले रिपोर्टमा सो खराव कर्जाको विषय गुपचुप राखेको छ । यसअघि सोही प्रकृतिको जानकी मेडीकल कलेजमा लगानी भएको रकम पनि डुबिसकेको छ ।
व्यवसायी दुर्गा प्रसाईँ जो आफैंले एउटै बैंकबाट मात्र अर्ब बढी रकम कर्जा लिएका छन् उनैले खुलेआम बैंकको ऋण नतिर्ने अभियाननै सञ्चालन गरेका छन् ।
त्यस्तै बैंकबाट ७५ करोड कर्जा लगानी भएको शिव शिखर एग्रोकी सञ्चालक गिता शर्मा पनि यतिबेला रकम हिनामिना गरेको आरोपमा थुनामा छिन् । यसैसँग आवद्ध शिवशिखर सहकारीको बचत फिर्ता गर्न नसक्दा उनका श्रीमान केदारनाथ शर्मा पनि पक्राउ परिसकेका छन् । यसरी गलत पात्र र तिनका कम्पनीहरुमा लगानी भएको बैंकको रकम नउठ्ने जोखिम बढ्दा हजारौं बचतकर्ताको निक्षेप रकम डुब्ने खतरा बढेको हो।
चैत मसान्तसम्म बैंकले देखाएको रिपोर्ट अनुसार बैंकको खराब कर्जा अनुपात (एनपीएल) ३.४८ प्रतिशत पुगेको छ । तथापी यो तथ्यांक भन्दा अझ धेरै खराव कर्जा छ । जसलाई बैंकले गुपचुप अवस्थामा राखेको छ । अघिल्लो वर्ष एनपीएल १.२१ प्रतिशतमा सीमित रहेको बैंकको खराव कर्जा आगामी असार मसान्तसम्म १० प्रतिशत पुग्ने देखिन्छ । बैंकले डुव्दै गरेका कम्पनीका नाममा कर्जा प्रवाह गर्ने र त्यसबाट सिइओले फाइदा लिने गर्दा बैंकको रकम जोमिम तर्फ गएको हो । बैंकको खराव सुचकांक बढ्दै गएको छ । बैंकको ईपीएस घटेर ११.०७ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १५.७२ रुपैयाँ थियो । पीई रेसियो १२.३२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १सय ४२.८५ रुपैयाँ रहेको छ ।
(भिडियाे)
प्रभु बैंकका सीइओ शेरचनको अर्को बदमासी, टाट पल्टिएको शिव शिखर एग्रोका नाममा झण्डै १ अर्व ऋण प्रवाह
देउराली सहकारीको ५ अर्बको सम्पत्ति एक अर्बमै हडप्ने दाउमा प्रभु बैंक, बचतकर्ता चिन्तित
‘पावरफुल’ कर्मचारी रश्मी पन्तले चलाउँछिन् प्रभु बैंक, ‘सिनियर’ डेपुटी सीइओहरु निरिह
सिइओ अशोक शेरचनको स्वार्थले प्रभु बैंकको अर्बौँ रुपैयाँ डुब्ने जोखिममा
प्रभु बैंकमा शेरचनको मनोमानी, ससुराकै नाममा अर्बौ ऋण प्रबाह, राष्ट्रबैक मुकदर्शक
प्रभु बैंकका सीईओ शेरचनको पुन: नियुक्ती ऐन विपरित, खारेजीको माग गर्दै राष्ट्र बैंकमा उजुरी




















प्रतिक्रिया