प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचनको नियुक्त ऐन विपरित रहेको भन्दै खारेजीको मागसहित राष्ट्र बैंकमा उजुरी परेको छ । सीईओमा शेरचनको पुनः नियुक्त ऐन विपरित रहेको भन्दै सो नियुक्ती खारेज गर्न नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागमा उजुरी परेको हो ।
शेरचनलाई माघ १२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सीईओमा पुनः नियुक्त गरेको थियो । बैंकको सञ्चालक समितिको बैठकले हिजो ९माघ १५ गते० देखि लागू हुने गरी उनलाई चार वर्षे कार्यकालका लागि पुनः नियुक्त गरेको थियो । शेरचन यसअघि पनि प्रभु बैंकको दुई कार्यकालका सीईओ भइसकेका छन् । बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार एउटैव्यक्ति २ कार्यकालका लागि मात्र सीईओमा नियुक्त हुन पाउँछ ।




















प्रतिक्रिया