Logo

कोशी प्रदेश

कोशीका मुख्यमन्त्री कार्कीले पुनः मागे विश्वासको मत



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वास दिन पुनः सबै राजनीतिक दलसँग माग गरेका छन् ।

विश्वासको मत लिनुअघि आजको प्रदेशसभालाई सम्बोधन गर्दै उनले आफू प्रदेश सरकार संचालनमा सक्षम रहेको भन्दै मत दिन आग्रह गरेका हुन् ।

कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेशसभाको बैठक बसेको थियो । मुख्यमन्त्री कार्कीले हिंजो विश्वासको मत लिने तयारी गरे पनि अन्तिममा बैठक स्थगित भएको थियो ।

आजको बैठकमा विख्यमन्त्री कार्कीले विश्वासको मतको प्रस्तावमा दलहरूले उठाएका प्रश्नको जवाफ दिएका हुन् । उनको सम्बोधन सकिएसँगै मत विभाजन प्रक्रिया सुरु भएको छ । त्यसक्रममा उनले अर्को सरकार गठन हुने सम्भावना नरहेको भन्दै विधि, पद्धती र संवैधानिक व्यवस्थाको विषयमा हेक्का राख्न विपक्षी गठबन्धनलाई आग्रह गरे ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार १२:५८   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।