Logo

अर्थ

सर्यो आइएमई लाइफ इन्स्योरेन्सको आइपीओ जारी गर्ने मिति



काठमाडौं । असार २० गतेदेखि शेयर निष्काशन गर्ने जनाएको आइएमई लाइफ इन्स्योरेन्सले १ दिन ढिलो गरी २१ गतेदेखि मात्रै आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यस अघि भनेको समयमा प्राविधिक कारणवश आइपीओ निष्काशन गर्न नसकेको बताएको छ ।

अब कम्पनीका लगानीकर्ताले असार २१ देखि असार २५ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गर्ने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपिओ बाँडफाँड गरिसकेको छ।आईपिओ निष्काशनपछि कम्पनीको पुंजी ४ अर्ब पुग्ने छ । नेपाल धितोपत्र बोर्डले आज जेठ २३ गते कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार ११:४९   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।