काठमाडौं । असार २० गतेदेखि शेयर निष्काशन गर्ने जनाएको आइएमई लाइफ इन्स्योरेन्सले १ दिन ढिलो गरी २१ गतेदेखि मात्रै आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यस अघि भनेको समयमा प्राविधिक कारणवश आइपीओ निष्काशन गर्न नसकेको बताएको छ ।
अब कम्पनीका लगानीकर्ताले असार २१ देखि असार २५ गतेसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गर्ने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपिओ बाँडफाँड गरिसकेको छ।आईपिओ निष्काशनपछि कम्पनीको पुंजी ४ अर्ब पुग्ने छ । नेपाल धितोपत्र बोर्डले आज जेठ २३ गते कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो ।




















प्रतिक्रिया