काठमाडौं । घोराही सिमेन्टको आइपीओ प्रकरणमा नेपाल धितोपत्र बोर्डले खातामा पैसा नभई शेयर भरिदिने बैंकसँगै बिक्री प्रबन्धकहरुलाई कारबाही गर्ने निर्णय गरेकाे छ । त्यस्तै खातामा पैसा नभएपनी सेयर भरिदिने एनआईसी एशिया बैंकलाई पनि कारबाही गर्ने भएको हो । बोर्डले यो प्रकरणमा बिक्री प्रबन्धक हिमालयन क्यापिटल,नबिल क्यापिटललाई पनि कारबाही गर्ने भएको हो ।

त्यस्तै बोर्डको निर्णयअनुसार घोराही सिमेन्ट कम्पनी भने कारबाहीमा नपर्ने भएको छ । त्यस्तै आवेदकहरुले आफ्नो आवेदन रद्द गर्न वा संशोधन गर्न पाउनेछन् भने बिक्री प्रवन्धकले स्थगित आइपीओको निष्काशनका लागि पुरक सूचना जारी गर्न पाउनेछ ।




















प्रतिक्रिया