Logo

अर्थ

घोराही सिमेन्ट आइपीओ प्रकरण : एनआईसी एशिया बैंकसँगै बिक्री प्रवन्धकलाई कारबाही हुने



काठमाडौं । घोराही सिमेन्टको आइपीओ प्रकरणमा नेपाल धितोपत्र बोर्डले खातामा पैसा नभई शेयर भरिदिने बैंकसँगै बिक्री प्रबन्धकहरुलाई कारबाही गर्ने निर्णय गरेकाे छ । त्यस्तै खातामा पैसा नभएपनी सेयर भरिदिने एनआईसी एशिया बैंकलाई पनि कारबाही गर्ने भएको हो । बोर्डले यो प्रकरणमा बिक्री प्रबन्धक हिमालयन क्यापिटल,नबिल क्यापिटललाई पनि कारबाही गर्ने भएको हो ।

त्यस्तै बोर्डको निर्णयअनुसार घोराही सिमेन्ट कम्पनी भने कारबाहीमा नपर्ने भएको छ । त्यस्तै आवेदकहरुले आफ्नो आवेदन रद्द गर्न वा संशोधन गर्न पाउनेछन् भने बिक्री प्रवन्धकले स्थगित आइपीओको निष्काशनका लागि पुरक सूचना जारी गर्न पाउनेछ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार १७:०८   :  बजे

5.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।