Logo

प्रमुख समाचार

प्रधानमन्त्रीकाे अभिव्यक्ति आलाेचित भएपछि प्रितम सिंहले भने : उहाँसँग मेरो पारिवारिक सम्बन्ध मात्र हाे



काठमाडौं । सरदार प्रितम सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पारिवारिक सम्बान्धबाहेक अरु केही नभएको स्पष्ट पारेका छन् । आफू राजनीतिक रूपमा कुनै किङ मेकर नभई सामान्य मान्छे भएको उनको भनाइ छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सिंहले प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर विवाद भएकोमा आश्चर्य समेत प्रकट गरेका छन् ।

‘प्रधानमन्त्री प्रचण्डसँग मेरो व्यक्तिगत सम्बन्ध मात्रै हो । जुन बेला मैले भेट्दा कुरा गरेको थिए । उहाँकी जेठी छोरी बिरामी भएपछि उपचार गर्न भारत गएकी थिइन्’ सिंहले भने, ‘उहाँ (प्रचण्ड)ले मलाई यस्तो दुःखको समयमा मेरो छोरीलाई सहयोग गर्नुभयो भन्नुहुन्छ । त्यस हिसाबले मेरो पारिवारिक सम्बन्ध बाहेक अरू केही छैन’, उनले भने, ‘मैले अस्ति ५ वर्षपछि भेटे हुँला । त्यो बीचमा मैले भेटेको छैन ।’

  • याे पनि…

‘प्रधानमन्त्रीकाे भावनात्मक अभिव्यक्तिलाई बंग्याएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु दुःखद्’

सत्ता गठबन्धनको बैठक : प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु नपर्ने निष्कर्ष

प्रकाशित मिति : २१ असार २०८०, बिहीबार १४:५९   :  बजे

141
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।