काठमाडौं । कोशी प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाले दाबी पेश गर्दा सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर समावेश गरेपछि चाैतर्फी आलोचना भइरहेकाे छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि दाबी पेश गर्न ४७ सांसद आवश्यक परेपनि गठबन्धनसँग ४६ मात्र भएपछि सभामुख गौतमले पनि हस्ताक्ष गरेका हुन् ।
‘सभामुख पदमा बहाल रहेको व्यक्तिले सरकार गठनका लागि किन हस्ताक्षर गर्नुभयो ?’ भन्ने प्रश्नमा गाैतमले विगतका अभ्यास हेरेर आफूले सोही अनुसार गरेको जवाफ दिए । उनले अनलाइनपानासँग भने, ‘अन्य प्रदेशहरुमा आजसम्मको परम्परा हेर्दा सभामुखको पनि नाम जाने गरेको रहेछ । केन्द्रमै पनि राष्ट्रपतिकहाँ गएको लिस्टहरु सबैमा सभामुखको नाम जाने गरेको रहेछ । त्यही आधारमा मैले पनि पठाइदिएको हो ।’




















प्रतिक्रिया