Logo

राजनीति

प्रधानमन्त्रीको गुनासो – ‘स्पष्टीकरणको एउटा मौका पनि नदिई राजीनामा मागियो’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई स्पष्टीकरणको एउटा मौका पनि नदिई राजीनामा मागिएको भन्दै गुनासो गरेका छन् । आफ्नो अभिव्यक्ति विवादित हुँदा वितिक्कैदेखि स्पष्टीकरण दिन चाहेको भएपनि त्यो मौकासमेत नदिई एमालेले सदन अवरोध गरेको बताए ।

साेमबारकाे प्रतिनिधिसभामा उनले भने, ‘मेरो अभिव्यक्तिलाई लिएर संसदमा उठेका प्रश्नमा मेरो ध्यानाकर्षण भएको छ । तर सुरुकै दिनदेखि मलाई बोल्ने दिनुपर्छ भनेको थिएँ । सभामुखसमक्ष, राजनीतिक दलसमक्ष यथार्थ के हो भनेर भने स्पष्टीकरणको अवसरको मौका मागिनैरहेको थिएँ ।’

तर एमालेलगायतका दलले संसदीय अभ्यास र मूल्यमान्यताविपरीत स्पष्टीकरणको मौका नदिएर सदन अवरोध गरेको बताए । ‘स्पपटीकरणको मौका पनि नदिई राजीनामा माग्ने के यही हो संसदीय अभ्यास ? एकचोटी सदनसमक्ष यथार्थ के हो ? मेरो कमजोरी भएको भने के ? भने मौका खोइ ?’

उनले प्रतिपक्षीले राजीनामा माग्दैमा दिनै पर्ने हो भन्दै प्रश्न पनि गरे । तर स्पष्टीकरणको एक मौकासमेत पनि नदिई राजीनामा माग्नु लोकतान्तिक पद्धति र विधि यो नभएको उनले बताए ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार १६:५५   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।