Logo

प्रमुख समाचार

रूपान्तरण अभियानलाई एजेन्डा बनाउन कांग्रेसमा दबाब



काठमाडाैं । कांग्रेस रूपान्तरण अभियानले देशभरबाट आएका सुझावलाई केन्द्रीय समिति बैठकको एजेन्डा बनाउने प्रयत्न अघि बढाएको छ।

२७ असारबाट सुरु हुने बैठकका लागि एजेन्डा बनाउने प्रयास भइरहेको नेताहरूको भनाइ छ ।

कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले अभियान कुनै व्यक्तिविरुद्धको नभएको बताए । सोमबार गौशालामा युवाहरूसँगको अन्तक्र्रियामा उनले पार्टीलाई पद्धतिमा बसाउने अभियान चलाइएको दाबी गरे । अभियानका सुझावलाई केन्द्रीय समिति बैठकमा उठाइने उनको भनाइ थियो । नेता जगदीश्वरनरसिंह केसीले अभियान गुट विशेषको नभएको बताए । अभियानबाट आएका सुझावलाई पार्टीलाई आएको सुझावका रूपमा ग्रहण गर्नुपर्ने उनले जिकिर गरे । अभियानकै असरस्वरूप २७ असारमा केन्द्रीय समिति बैठक बोलाइएको उनको दाबी थियो । ‘यही अवस्थाले कांग्रेस रूपान्तरण हुन सक्दैन । अभियानमार्फत हामीले कांग्रेसलाई बिपीको बाटोमा लैजान चाहेका हौँ । रूपान्तरण अभियान कुनै गुुटको होइन, समग्र पार्टीको हो । हामीले वडा तहसम्मका नेता कार्यकर्ताको सुझाव लिएर आएका छौँ,’ केसीले भने ।

पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरेले अभियानमा इतर समूहको अनुहार बढी देखिए पनि त्यसलाई गुटविशेषको रूपमा नलिन आग्रह गरे । उनले कांग्रेसमा सुधार सबैको साझा एजेन्डा भएको जिकिर गरे । युवा नेता भूपेन्द्रजंग शाहीका अनुसार मंगलबार अभियानका सुझाव सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी छ । साथै, इतर समूहमा केन्द्रीय समितिमा उठाउने तयारी गरिरहेको छ । ‘मंगलबार सभापतिज्यूलाई सुझाव बुझाउन लागिएको छ । इतर समूहमा पनि छलफल भइरहेको छ । सुझावलाई बैठकको एजेन्डा बनाउने प्रयत्नमा लागिरहेका छौँ,’ शाहीले भने ।

अभियानले केन्द्रीय समिति बैठकमा दबाब बढाउन र दोस्रो चरणको तयारीका लागि ‘रूपान्तरण संवाद’ थालेको छ । अभियानले पहिलो चरणमा ७७ वटै जिल्लाबाट आएका सुझाव समेटेर शनिबारबाट चरणबद्ध संवाद गरिरहेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार ०७:३५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।