काठमाडौं । समाजवादी मोर्चाको बैठक सीता दाहालको निधनका कारण स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी समेत रहेकी दाहालको निधनका कारण अपराह्न चार बजेका लागि तय भएको बैठक स्थगित भएको हो ।
‘आज बैठक नबस्ने भयो । अर्को बैठकका लागि नयाँ मिति तय गर्छौं,’ एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
दाहालको आज बिहान नर्भीक अस्पतालमा निधन भएको हो ।
प्रतिक्रिया